स्वार्थहरुको गठजोडलाई मंसिर ४ मा ‘बाइबाइ’ गर्दिनु पर्छ : ओली


२६ कार्तिक २०७९, शनिबार
Kp oli jhapa
फाइल फोटो

डोटी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देशको विकास नहुने बताएका छन् । डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको भन्दै यसबाट विकासको अपेक्षा गर्न नसकिने बताएका हुन् ।

ओलीले भने, ‘गठबन्धनले देश चल्दैन । कांग्रेस, माओवादी, एस पार्टीको पनि घोषणापत्र छ । कोही भन्छन् संघीयता चाहिँदैन, कोही भन्छन् प्रत्यक्ष निर्वाचित राष्ट्रपति । चुनाव पछि के गर्लान भन्नुस् त ?।’

उनले गठबन्धनसँग विचार र कार्यक्रम नै नभएको आरोप लगाए । ओलीले भने, ‘नेकपा एमाले देश बनाउने पार्टी हो । एमालेले नै हो देशको समस्या समाधान गर्ने । अब अलमलिनु हुँदैन । राष्ट्र निर्माणको महाभियानमा लाग्नुपर्छ । यस्तो खालको गठबन्धनलाई बाइबाइ भन्नुपर्छ ।’

ओलीले प्रेम आलेले डोटीको बेइज्जत गरेको बताए । ओलीले भने, ‘अस्ती भाषा सुन्नु भएन तपाईहरूको मन्त्रीको । डोटीको बेइज्जत गर्ने । त्यस्ता मान्छेहरूलाई भोट दिन तयार हुनुहुन्छ कांग्रेस, माओवादी केन्द्रका साथीहरूले ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७