तोसिमा कार्कीको उम्मेवारी कायम रहने–नरहनेबारे आज टुङ्गो लाग्ने


२८ कार्तिक २०७९, सोमबार
Toshima 2

काठमाडौं । प्रतिनिधि सभा उम्मेदवार तोसिमा कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार कार्कीविरूद्ध निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सुनुवाइ शुरू भएको हो ।

आज (सोमबार) न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ जारी छ । आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

कार्की लाभको पदमा कायमै रहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । न्यायाधीश कुमार चुडालको एकल इजलासले नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा नियमित पारिश्रमिक वा आर्थिक लाभ लिएको मान्न नसकिने अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७