विश्वकपको उद्घाटनमा बिटीएसका जुङकुकले गाउने


४ मंसिर २०७९, आईतवार
ccee708e462cadceaf85f6513a99fefc

काठमाडौं । कतार फिफा विश्वकप कतार २०२२ आज भव्य उद्घाटन समारोहमाझ सुरु हुँदैछ । उद्घाटन खेलमा कतार र इक्वेडर भिड्नुअघि ३० मिनेट चल्ने उद्घाटन समारोहमा विभिन्न ७ प्रस्तुति देखाइनेछ ।

कतारको अलखोरस्थित अल बेयत रंगशालामा हुने समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल(कुबाइसीले प्रस्तुति दिनेछन् । उद्घाटन समारोहमा एकताको संदेश दिने प्रस्तुति रहने जनाइएको छ ।

प्रस्तुतिमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकको प्रतिनिधित्व हुने बताइएको छ । सयौंको संख्यामा कलाकारले प्रस्तुति दिनेछन् । समारोहमा कुल ७ प्रस्तुति हुनेछ ।

उद्घाटन समारोह नेपाली समयअनुसार रातको ८स्२५ बाट सुरु हुनेछ । समारोहपछि दुवै टोलीको वार्मअप र नेपाली समयअनुसार रातको ९स्४५ बजे खेल सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७