काठमाडौं उपत्यकालगायत देशैभरी मतगणना शुरु, घण्टी ‘आक्रामक’


५ मंसिर २०७९, सोमबार
Rabi Lamichhane 1200x600px 11 13

काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ ।
देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँ बाहेक सोमवारवाट मत गणनाको कार्य हुँदैछ । साथै, आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना शुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ ।

काठमाडौं उपत्यका भित्र काठमाडौं– ७, भक्तपुर–२, ललितपुर २ र ३ को मतगणना शुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि शुरू हुँदैछ । कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रमक रुपमा देखिएको छ । उता, कास्की–२, मुस्ताङलगायतमा मतगणना शुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७