महोत्तरी–३ को दुवै प्रदेशमा लोसपाको जित


८ मंसिर २०७९, बिहीबार
thumb 4

महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभामा लोसपाले जित हात पारेको छ । प्रदेशसभा–१ मा लोकतान्त्रिक समाजवादी पार्टीका अभिराम शर्मा र २ मा रानीकुमारी तिवारी विजयी भएका छन् ।

तिवारी र शर्मा २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य थिए । शर्मा मधेस प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री समेत बनिसकेका छन । शर्माले ९ हजार ८ सय ९२ मत प्राप्त गरी विजय भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दीपेन्द्र झाले ९ हजार ७ सय१८ मत प्राप्त गरे ।

यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को २ तर्फ लोसपा नेता तिवारीले ६ हजार ४ सय १४ मत ल्याएर विजयी भएकी छिन् । तिवारीलाई पछ्याएका स्वतन्त्र उम्मेदवार उज्ज्वल झा उनका निकटतम प्रतिद्वन्द्वी बने । झाले ५ हजार ४८९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार राम दयाल मण्डल ४ हजार ५ सय ६० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७