लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट विजयी


९ मंसिर २०७९, शुक्रबार
Mahantha Thakur and Hairnarayan Yadav Mahottari 3

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । महोत्तरी क्षेत्र नं ३ मा ठाकुरले पूर्व कृषिमन्त्री हरिनारायण यादवलाई दुई हजार ५० मतान्त्ररले पराजित गरेका हुन् ।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत ल्याएका छन् । योसँगै लोसपाले प्रतिनिधिसभातर्फ चार सिट जितेको छ । रुपन्देही ४ बाट सर्वेन्द्रनाथ सुक्ला, सर्लाही १ बाट रामप्रकाश चौधरी, महोत्तरी २ बाट शरतसिंह भण्डारी यसअघि नै विजयी भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७