मुगुमा कांग्रेसका ऐनबहादुर शाही फराकिलो मतान्तरले विजयी


१० मंसिर २०७९, शनिबार
Ain bdr

मुगु । हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनतर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाही फराकिलो मतान्तरले विजयी भएका छन् ।

उनले ३ हजार ९ सय ९४ मतले एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । शाही १४ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन् ।

मुगुमा मतदाता संख्या ३५ हजार ४ सय ८५ मध्ये २६ हजार ६ सय १५ मत खसेको थियो । गत असोजमा भएको नेपाली कांग्रेसको ९ औं जिल्ला अधिवेशनबाट शाही पार्टी सभापति पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७