समानुपातिकतर्फ पहिलोपल्ट घण्टीलाई उछिन्दै माओवादी तेस्रो स्थानमा उक्लियो


१० मंसिर २०७९, शनिबार
maobadi

काठमाडौं । जारी मतगणनामा समानुपातिकतर्फ चौंथो स्थानमा रहेको माओवादी केन्द्र मत बढाउँदै तेस्रो नम्बरमा उक्लिन सफल भएको छ । यसअघि तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा झरेको छ ।

पछिल्लो मतपरिणामअनुसार (माओवादी केन्द्र) ले आठ लाख १ हजार ३७९ मत प्राप्त गरेर तेस्रो स्थानमा उक्लिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ७ सय ८२ मत प्राप्त गरेर चौथो स्थानमा झरेको छ । समानुपातिकतर्फ पहिलो नम्बरमा शुरु देखि नै नेकपा एमाले रहेको छ भने दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

उसले यो समाचार तयार पार्दासम्म एमालेले १८ लाख ९७ हजार २७ मत पाएको छ। दोस्रोमा रहेको कांग्रेसले १८ लाख ३० हजार ३६ मत प्राप्त गरेको छ।

अन्य दलको तथ्यांक यस्तो छ

राष्ट्रिय स्वतन्त्र पार्टी
७९९७८२

राष्ट्रिय प्रजातन्त्र पार्टी
४१०७५२

जनता समाजवादी पार्टी, नेपाल
२१९०१६

नेकपा एकीकृत समाजवादी
१७२५३८

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७