बाजुराको बुढीनन्दा–५ मा पुनः मतदानमा खस्यो ५९६ मत


१० मंसिर २०७९, शनिबार
bajura matadan

बाजुरा । बुढीनन्दा नगरपालिका–५ मा आज (शनिबार) भएको पुनः मतदानमा ५९६ मत खसेका छन् । कुल ९९९ मतदाता रहेकोमा ५९६ जनाले मतदान गरेका छन् । मंसिर ४ गते दुई पक्षबीच सुरुमै विवाद भएपछि चुनाव स्थगित गरिएको थियो ।

निर्वाचन आयोगले चुनाव स्थगित गरी मंसिर १० गते (आज) लागि पुनः मतदानको मिति तोकेको थियो । ९९९ जना मतदाता रहेको मतदान केन्द्रमा ५९६ जनाले मतदान गरेको जिल्ला समन्वय अधिकारी समेत रहेका मतदान अधिकृत किरन विकले जानकारी दिए ।

मंसिर ४ गते सुरुमै विवाद भए पनि पुन मतदान शान्तपूर्वक सम्पन्न भएको छ । बिहानदेखि नै मतदाता लाइनमा बसेर शान्तिपूर्ण वातावरणमा मतदान गरेका हुन् । कडा सुरक्षाका बीच गरिएको पुनः मतदान गरिएको केन्द्रको मतपेटीका रातिसम्म मार्तडी पुर्‍याउने निर्वाचन कार्यालयले तयारी गरेको छ ।

बुथ कब्जा गरिएको आरोपसहित जिल्लामा नेपाली काँग्रेस र नेकपा एमालेले उजुरी गरेपछि बाजुराको मतगणना अन्योल बनेको छ । पुनः मतदान तोकिएको वडाको मतदान सकिए पनि मतगणना कहिले हुने यकिन नभएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् । दलहरुले दिएको उजुरीमाथि छानवीन भइरहेकाले अहिले नै भन्न नसकिने अधिकारी अवस्थीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७