प्रधानमन्त्री बन्न पौडेलको दौडाहा शुरु, निवासमै पुगेर नेपालसँग मागे सहयोग


१२ मंसिर २०७९, सोमबार
Madhav Nepal Ramchandra Poudel

काठमाडौं । एक साताअघि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम अन्त्यतिर जाँदै गर्दा सत्ता गठबन्धनका नेताहरूबीच भेटघाटको दौडधुप बढेको छ ।

यसै क्रममा आज (सोमबार) बिहान नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पौडेल कोटेश्वरस्थित नेपाल निवासमा पुगेका छन् ।

भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको बताइएको छ । पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि नेपालसँग आग्रह गरेका छन् । माधव नेपालले गठबन्धन बनाउन योगदान गरेकाले अब प्रधानमन्त्रीको हकदार तपाई भन्दै पौडेललाई भनेका छन् ।

सहयोग गर्ने वचन दिँदै माधवले समकालीन सबै प्रधानमन्त्री भइसकेकाले गठबन्धन बनाउन पनि योगदान गरेको हुँदा पौडेललाई तपाई मात्र बाँकी भन्दै प्रधानमन्त्रीको हकदार तपाईं हो भनेको निकट स्रोतले जानकारी दिएको छ ।

पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपाल समक्ष अनुरोध गरेका थिए । जवाफमा नेता नेपालले आफ्नो सहयोग हुने बताएका थिए । ‘तपाईंलाई सहयोग हुन्छ, तपाईंको समकालीन सबै पीएम भए तपाईं बाँकी हो, हाम्रो सहयोग रहन्छ,’ नेता नेपालले भनेको भनाई उद्धृत गर्दै बोहोराटार स्रोतले भन्यो । यसअघि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७