दोलखाका रद्द भएका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन


१२ मंसिर २०७९, सोमबार
matanad buth1668928616 1

काठमाडौं । दोलखामा रद्द भएका १० मतदान केन्द्रहरुमा आउँदो मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आगामी मंसिर १५ गते निर्वाचन गराउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत ढिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

निर्वाचनको तयारी आजैबाट शुरु गरिएको श्रेष्ठले जानकारी दिएका छन् । दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

आयोगले ती स्थानमा आगामी मंसिर १५ गतेभित्र गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले यो निर्णय लिएको हो ।

स्थलगत अध्ययनमा गएको टोलीको सिफारिसपछि दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्षसहित पुन मतदान गरिने भएको हो । आयुक्त रामप्रसाद भण्डारीको सिफारिसका आधारमा ती केन्द्रमा अब फेरि मतदान हुन लागेको हो।

यी हुन् पुनः निर्वाचन हुने बुथ

१) बैत्यश्वरको वडा नं. ६ (क, ख, ग)

२) वैत्यश्वरको ३ कालीढुङ्गा (क, ख, ग)

३) बैत्यश्वर २ को जनज्योति (क, ख)

४) तामाकोसीको हेल्थपोस्ट (क, ख)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७