उदयपुर–१ मा रोकिएको मतगणना अघि बढाउन निर्वाचन आयोगको निर्देशन


१२ मंसिर २०७९, सोमबार
mat ganana2022 11 21 10 11 53

काठमाडौं । उदयपुर क्षेत्र नम्बर–१ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले आज (सोमबार) उदयपुरका मुख्य निर्वाच अधिकृतको कार्यालयलाई मतगणना पूर्व भएको सहमतिको आधारमा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।

आयोगका उप–सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ, ‘सो सम्बन्धनमा मतगणना पूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।’ साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएकोमा मंसिर ४ गते आयोगको पत्रबमोजिम मतगणनालाई निरन्तरता दिन समेत निर्णय गरेको आयोगले जनाएको छ ।

Election Comission4

प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि शुरु भएको विवादका कारण आइतबारदेखि गणना रोकिएको थियो । नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका थिए ।

उदयपुर क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा. नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् । मतगणना रोकिनु अगाडिसम्म खड्काले अग्रता लिएका छन् ।
निर्वाचन आयोगको पत्र

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७