स्याङ्जा–२ मा कांग्रेसका धनराजको अग्रता, एमालेकी पद्मा ६५४ मतले पछि


१५ मंसिर २०७९, बिहीबार
padma Dhanraj

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ को मत गणना जारी छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बनाएका छन् । उनले नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई ६५४ मतले पछि पारेका छन् ।

कांग्रेसका गुरुङले ३,९०१ मत पाएका छन् भने एमालेकी अर्यालको ३,२४७ मत रहेको छ । शुरुवाती अवस्थामा एक हजार बढीको अग्रता लिएकी अर्याल अहिले पछि परेकी हुन् । स्याङ्जा–२ मा गल्याङ नगरपालिका–६ र ७ तथा भीरकोट नगरपालिका–५, ६, ७ र ८ मत गणना भइसकेको छ ।

अहिले भीरकोटकै ९ नम्बर वडाको मत गणना भइरहेको छ । यस्तै, स्याङ्जा–२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । स्याङ्जा–२ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७