दोलखामा माओवादी केन्द्रका गंगाबहादुर कार्की दोब्बरभन्दा धेरै मतले अगाडि


१६ मंसिर २०७९, शुक्रबार
dolakha 20 11

दोलखा । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना जारी छ । दोलखामा माओवादी केन्द्रका गंगाबहादुर कार्की दोब्बर मतले अगाडि रहेका छन् । पछिल्लो विवरण अनुसार कार्कीले ३,६१८ र एमालेका बालकृष्ण शिवाकोटीले १,८०० मत प्राप्त गरेका छन् ।

माओवादीका कार्की र एमालेका शिवाकोटीबीचको मतान्तर १,८१८ रहेको छ । दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७