३१६ पदका लागि प्रदेश–१ को लोकसेवाले खुलायो जागिर


१९ मंसिर २०७९, सोमबार
lok sewa Pradesh 1

काठमाडौं । प्रदेश नम्बर–१ को प्रदेश लोक सेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान गरेको हो ।

आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाति कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् । चैत २५ बाट लिखित परीक्षा सुरु भई जेठ २० सम्म कायम रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७