बिहे भोज खाएका एकै गाउँका ३५ जना बिरामी


२० मंसिर २०७९, मंगलवार
birami

प्युठान । प्युठानमा विवाहको भोज खाएका एकै गाउँका ३५ जना बिरामी परेका छन् । प्युठान नगरपालिका–६ माझकोटका ३५ जना पाल्पाको एक बिहेमा भोज खाएपछि बिरामी परेका हुन् ।

उनीहरूमा ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार भर्ना भएका जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

‘१७ गते प्युठान नगरपालिका–६ गुरुङ गाउँका मेघराज गुरुङको विवाहमा ५४ जना जन्ती पाल्पा गएर १८ गते फर्किएपछि ३५ जना बिरामी परेको खबर छ’, सोनीले भने, ‘उनीहरूको अवस्था सामान्य रहेको जानकारीमा आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७