बढ्दै सुन–चाँदीको भाउ, सुन तोलाको एक लाख पाँच सय पुग्यो


२५ मंसिर २०७९, आईतवार
gold

काठमाडौँ । नेपाली बजारमा सुन चाँदीको भाउ लगातार उकालो लागिरहेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबारं सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।

अस्ती शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रवार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुन तोलामा ९९ हजार ७ सय रुपैयाँमा र चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन–चाँदीको भाउ बढेकाले त्यसको असर नेपालमा पनि परेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७