ग्वाटेमालामा ज्वालामुखी विष्फोट : विमानस्थल, राजमार्ग अवरुद्ध


२६ मंसिर २०७९, सोमबार
969420

ग्वाटेमाला सिटी । मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरूमध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ । विष्फोटपछि लाभा र खरानी फैलिएको छ । आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न बाध्य पारेको छ ।

फुएगो नामको ज्वालामुखी शनिबार र आइतवार राति सक्रिय भयो । पग्लिएको चट्टान र धुवा आकाशमा दुई किलोमिटरमाथिसम्म पुगेको थियो । बतासले खरानीलाई ३५ किलोमिटर (२२ माइल) टाढा ग्वाटेमाला सिटीतर्फ पु¥याएको थियो ।

राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको ला अरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यरातमा अस्थायी रूपमा बन्द गरिएको सिभिल एरोनटिक्सको महानिर्देशनालयले एक विज्ञप्तिमा भनेको छ । धावनमार्ग नजिकै खरानी फैलिएको थियो । कम्तीमा दुई आगमन उडानहरू डाइभर्ट गर्नु परेको उड्डयन स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७