नासाले पठाएको ‘स्पेस क्याप्सुल’ चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा फर्कियो


२८ मंसिर २०७९, बुधबार
nasa

काठमाडौं । नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

नासाले ओराइअन स्पेस क्याप्सुल प्रयोग गरेर सन् २०२६ सम्ममा चन्द्रमामा फेरि मानव पठाउने योजना बनाएको छ । योजनाअनुसार पहिलो काम पूरा भएको नासाले जनाएको छ । नासाले यस पटक मानवविना नै यान अन्तरिक्षमा पठाएको हो ।

चन्द्रमामा फेरि मानव पठाउन नासाको अभियानलाई आर्टमिस नामकरण गरिएको छ । ग्रिक किंवदन्तीअनुसार आर्टमिस अपोलोकी बहिनी हुन् । उनलाई चन्द्रमाकी देवी मानिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७