प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री


१ पुष २०७९, शुक्रबार
jeevan bahadur shahi 6 R39cp01ppU 1

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनु पर्ने समेत जोड दिएका छन् ।

मंसिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुगेका मुख्यमन्त्री शाहीले जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकताअनुरुपको विकास हुने उनले बताए ।

‘हामीले यो तीन दिनसम्म मुगुका ४५ वडाध्यक्षलाई राखेर सुशासनसम्बन्धी कार्यक्रम गरेका छौं’, मुख्यमन्त्री शाहीले भने, ‘त्यसमा प्रदेश सरकारले गरेका विशेष कार्यक्रमका विषयमा पनि आवश्यक छलफल भएको छ ।’ स्थानीय सरकारलाई साथमै लिएर मात्र प्रदेश सरकारका कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनले बताए ।

उनका अनुसार नेपालकै आकर्षक पर्यटकीय गन्तव्यस्थल राराको साइकल ट्रेलको अनुगमन भएको र तत्काल काम अगाडि बढाउने निर्देशन दिइएको छ । त्यस्तै, प्रदेश सरकारअन्तर्गत सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको निरीक्षण गरिएको बताउँदै उनले कार्यालय प्रमुखलाई बेलैमा योजना सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७