चिसोका कारण दम र निमोनियाका बिरामी बढे


३ पुष २०७९, आईतवार
Hussu scaled

कञ्चनपुर । पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको संख्या बढेको छ ।
चिसोले गर्दा दम, निमोनिया, रुघाखोकी जस्ता मौसमी बिरामीको संख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ उक्त अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखि चार सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

‘चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको चाप बढेको छ’, उनले भनिन्, ‘गत मंसिरमा मात्रै चार हजारभन्दा बढी बिरामी उपचारका लागि आएका थिए ।’ गत महिना उक्त अस्पतालमा दुई हजार बिरामी आकस्मिक कक्षमा भर्ना भएका थिए भने चार हजारभन्दा बढीले ओपिडी सेवा लिएका थिए । अस्पताल आउनेमा बढीजसो दम, निमोनिया र रुघाखोकी जस्ता मौसमी बिरामी भएको उनले बताइन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन डा. अर्जुन भट्टले चिसो बढेपछि बिरामीको संख्या पनि बढेकाले चिसोबाट बच्न आग्रह गरे । ‘चिसोमा बढीजस्तो दम, निमोनिया, प्रेसर र मृगौलाका बिरामीलाई समस्या हुन्छ’, उनले भने, ‘चिसोबाट बच्न मनतातो पानीका साथ झोलयुक्त पदार्थ खाने र न्यायो ठाउँमा बस्ने गर्नुपर्दछ ।’

‘चिसोमा भाइरस सक्रिय हुन्छ यसले गर्दा बूढापाकामा बढी समस्या बल्झिने हुन्छ’, डा. भटृले जोड दिए, ‘चिसोमा मष्तिस्काघात हुने सम्भावना हुने भएकाले बिरामीले नियमित औषधि सेवन गरिराख्नु पर्छ ।’ चिसो बढेपछि कञ्चनपुरका निजी स्वास्थ्य संस्थामा समेत मौसमी बिरामीको संख्या बढ्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७