पर्सामा विवाहमा झडप, युवकको मृत्यु


६ पुष २०७९, बुधबार
death
सांकेतिक तस्वीर

पर्सा । विवाहमा झडप हुँदा पर्सामा एक युवकको ज्यान गएको छ । जगरनाथपुर गाउँपालिका–३ मा विवाहमा नाच्ने क्रममा विवाद हुँदा कुटपिटबाट स्थानीय करिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको ज्यान गएको हो ।

सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहमाथि कुटपिट भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै उनीमाथि उनकै काकाहरुले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो ।

प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिने तयारी भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७