नयाँ चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउँदै


६ पुष २०७९, बुधबार
chen song 21122022081907

काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ गते काठमाडौं आउने भएका छन् । बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको हो ।

उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् । चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङले नेपालमा नयाँ राजदूत पठाएको हो । नेपाल आएर उनी केही दिन क्वारेन्टीनमा बस्ने छन् । नेपालका लागि नियुक्त भएका नयाँ चिनियाँ राजदूत पुस १२ मा काठमाडौं आउने परराष्ट्र मन्त्रालयका एक अधिकारीले पुष्टि गरे । नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन् ।

उनी नेपाल मामिलाका जानकार समेत मानिन्छन् । त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँच जना डेपुटी डाइरेक्टर जनरलमध्ये छन्लाई नेपालको राजदूतमा नियुक्ति गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको नेसनल कंग्रेसका कारण बेइजिङले नेपालमा राजदूत पठाउन ढिला गर्दै आएको थियो । नेपालका लागि प्रस्तावित राजदूत छन् सोङ कुटिल कूटनीतिज्ञ रहेको उनलाई नजिकबाट चिन्ने चिनियाँ अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७