अर्थमन्त्री पौडेलको पहिलो निर्णय : मन्त्रालय मातहतका काम अनलाइन प्रणालीमा


११ पुष २०७९, सोमबार
Bishnu poudel

काठमाडौं । नव नियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै मन्त्री पौडेलले अर्थ मन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा देखिएका सम्पूर्ण समस्या हल गर्न आफू लागि पर्ने बताए । विगतको अर्थतन्त्रबाट चिन्तित हुने अवस्थालाई सुधार्ने उनको भनाइ छ ।

खस्कँदो आर्थिक अवस्था किन आयो यसको संघन पहिचान गरी समाधानको बाटो खोज्ने उनले बताएका छन् । समस्या समाधानका लागि अर्थ जगतका सबै क्षेत्र र विषय विज्ञसँग आवश्यक छलफल गरी निर्णय लिने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७