एमाले लुम्बिनी संसदीय दलको नेतामा गिरी सर्वसम्मत


१७ पुष २०७९, आईतवार
lila giri amale lumbini

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् ।
लुम्बिनी प्रदेशसभा सहइञ्चार्ज समेत रहेका गिरी आइतबार दलको नेतामा सर्सम्मत चयन भएको एमालेका नेता डा. बालकृष्ण चापागाईंले जानकारी दिए ।

गिरी पोलिटब्युरो सदस्य समेत हुन् । उनी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री थिए । उनी रूपन्देही–२ (१) बाट निर्वाचित भएका हुन् । एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्ने छन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमालेको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७