युवतीलाई कारले घिसारेर हत्या : भारतका विभिन्न शहरमा प्रदर्शन


२० पुष २०७९, बुधबार
india...

नयाँदिल्ली । भारतमा अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा राति एक युवतीलाई कारले घिसारेर मारेको घटनाको विरोधमा भारतका विभिन्न शहरमा प्रदर्शन भएको छ ।

राजधानी नयाँदिल्लीलगायत शहरहरुमा गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले कयौं सेल अश्रुग्यास समेत प्रहार गरेको हो । यहि पुस १६ गते राति १ बजे घर फर्कंदै गर्दा युवती चढेको स्कुटरलाई एउटा कारले ठक्कर दिएको थियो । ठक्कर दिएपछि युवतीलाई ११ किलोमिटरसम्म घिसारेको सीसीटिभी भिडियोमा देखिएको छ ।

करिब एक घण्टासम्म युवतीको लाश सडकमा घिस्रिएको अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि सिङ्गो भारत स्तब्ध भएको छ । नयाँ वर्षको स्वागतका लागि हुने कार्यक्रमहरुमा घटना हुन नदिन हजारौं प्रहरी दिल्लीका सडकमा तैनाथ गरिएको अवस्थामा भएको यस घटनाको सर्वत्र विरोध भएको छ । कारका चालकसहित सो कारमा सवार ५ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको छ । प्रदर्शकारीहरुले पक्राउ परेकाहरुविरुद्ध हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७