लुम्बिनी पुस २७ सम्ममा सरकार गठनका लागि आह्वान


२१ पुष २०७९, बिहीबार
amik sherchan

दाङ । लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले आज (बिहीबार) पुस २७ गते बुधवार ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेका हुन् ।

lumbini

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७