स्वार्थ पूरा भएपछि ओलीले प्रचण्डलाई धोका दिन्छन् : दीपकुमार उपाध्याय


२३ पुष २०७९, शनिबार
dip kumar
फाइल फोटो

बुटवल । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा भएपछि प्रचण्डलाई धोका दिने दावी गरेका छन् ।

आज (शनिबार) बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पद प्राप्त गर्न विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे । उनले भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो दुई ठूला पार्टीहरू कांग्रेस र एमाले कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

उपाध्यायले दलहरूभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको र देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरू सच्चिन जरुरी रहेको उल्लेख गरेका छन् ।

नेता उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरूले विचारको राजनीतिभन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाए । उपाध्यायले विदेशी शक्तिहरूले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७