‘नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक’को एकीकृत कारोबार पुस २७ बाट


२३ पुष २०७९, शनिबार
NIBL and Mega2022 11 29 03 15 37

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जरपश्चात यही पुस २७ गतेबाट एकीकृत कारोबार शुरु हुने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार शुरु हुन लागेको हो ।

एकीकृत कारोबार शुरु हुनुभन्दा अगाडि पूर्वतयारीका लागि २५ र २६ गते बैकिङ सेवा बन्द रहने भएको छ ।

मर्जरपश्चात ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को केन्द्रीय कार्यालयको रुपमा साविकको नेपाल इन्भेष्टमेण्ट बैंकको दरबारमार्गस्थिति कार्यालय रहने छ । मर्जरपछि बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने सहमति भएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १८.३१ अर्ब तथा मेगा बैंकको चुक्ता पूँजी १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी ३४.४३ अर्ब भइ सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बनेको छ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४.८२ अर्ब र मेगा बैंकको ५.९२ अर्ब, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको १७३.४६ अर्ब र मेगा बैंकको १५०.४६ अर्ब र निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १८२.०१ अर्ब र मेगा बैंकको १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक बनेको दाबी गरिएको छ ।

Merger Notice RYyXOUfAM5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७