माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


२५ पुष २०७९, सोमबार
current

मकवानपुर । माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा जोडधारा खोलामा गुरौंखोला बस्ने १८ वर्षीय अमृत तामाङको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार गए राति माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि स्थानीयले अस्पताल ल्याएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७