लोसपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने


२६ पुष २०७९, मंगलवार
Mahantha Thakaur

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने भएको छ ।

आज (मंगलबार) काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय लिएको नेता शरदसिंह भण्डारीले जानकारी दिएका छन् । बरमहलसिथत पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा विश्वासको मतसहित मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनले बताए । । लोसपाका सांसद शरदसिंह भण्डारीका अनुसार प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसअघि मंगलबारै नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पनि सरकारलाई विश्वासको मत दिने निर्णय लिएको थियो । तर समाजवादीले सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७