लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लिला गिरीले गरे दावी पेश


२७ पुष २०७९, बुधबार
lila giri dabi

दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले नेता लिला गिरीले दाबी पेश गरेका छन् । नेकपा एमालेका गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन् । गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरेका हुन् ।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७