नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार शुरू


२७ पुष २०७९, बुधबार
nibm 3wGbkp9TJH

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार आज बुधबारबाट शुरू भएको छ । मेगा बैंकसग मर्जर गरेर इन्भेष्टमेन्ट बैंकले आज बाट नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको हो ।

बैंक ठूलो हुनु भनेको आर्थिक क्षेत्रलाई राम्रो हुनु भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए । उनले पछिल्लो समय बैंक ठूलो भए पनि नाफा भने घट्दै गइरहेको बताए । बैंक ठूलोसँगै नाफामा पनि वृद्धि गर्दै जानुपर्ने चुनौती भने नयाँ बैंकलाई हुने पनि उनले बताए ।

उनले मर्जरपछि आगामी वर्ष बैंकको नाफा कम्तीमा १५ प्रतिशत बनाउने पनि बताए । ​मर्जरपश्चात बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब, कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

एकीकृत कारोबारसँगै २९६ वटा शाखा रहने बैंकको एक्सटेन्सन काउन्टर ५९ वटा भएका छन् । २७९ वटा एटीएम रहेको बैंकले ३० लाख ग्राहकलाई सेवा भएको पनि बैंकले जानकारी दिएको छ । इन्भेष्टमेन्ट र मेगा बैंक १००र९० अनुपातमा मर्ज भएका हुन्। यो मर्जरपछि मेगा बैंकका शेयरधनीले नयाँ बैंकको ९० कित्ता शेयर पाउनेछन् ।​

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७