भारतको सीमा नजिक जातीय विद्रोही समूहको शिविरमा म्यानमार सेनाको हवाई आक्रमण


२८ पुष २०७९, बिहीबार
air strikes k42fEIIZNV

काठमाडौं । म्यानमारको सैनिक सरकार (जुन्ता) ले भारतसँगको सीमा नजिक एक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण गरेको छ ।

पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट (सीएनएफ) को मुख्यालयमा भएको आक्रमणमा पाँच लडाकु मारिएका सीएनएफका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

सीएनएफका प्रवक्ता सलाई तेतनीले सरकार पक्षले गरेको हवाई आक्रमणमा सात वटा विष्फोटक पदार्थ खसालेको दाबी समेत गरेका छन् । सीएनएफले गएको वर्ष मे मा आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।

म्यानमारमा सन् २०२१ को फेब्रुअरीमा सेनाले ‘कु’ गरी सत्ता हातमा लिएपछि विरोध हुँदै आएको छ । सेनाले जननिर्वाचित नेत्री सुकीसहित अन्य नेता तथा सयौँ नागरिकलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७