आर्थिक संकट सामना गरिरहेको श्रीलङ्काले सैन्य क्षमता आधा घटाउने


२९ पुष २०७९, शुक्रबार
sri lankan army c7e09RGggS

काठमाडौं । आर्थिक सङ्कट भोगिरहेको दक्षिण एसियाली देश श्रीलङ्काले आफ्नो सेना ठूलो संख्यामा घटाउने घोषणा गरेको छ । समाचार एजेन्सी पीटीआईको प्रतिवेदनअनुसार श्रीलङ्काले सन् २०३० सम्म आफ्नो सैन्य क्षमता आधाले घटाउने बताएको छ ।

सन् २०२३ का लागि बजेट प्रस्तावमा श्रीलङ्काले अब प्राविधिक र रणनीतिकरूपबाट अधिक सन्तुलित ‘डिफेन्स फोर्स’ निर्माण गर्न ध्यान दिने भनिएको छ । श्रीलङ्कामा रक्षा खर्च स्वास्थ्य र शिक्षामा हुने खर्चभन्दा धेरै हुने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

श्रीलङ्काको सेनामा अहिले दुई लाख सात सय ८३ सैन्यकर्मी छन्, यो संख्यालाई कम गरेर सन् २०३० सम्म एक लाख बनाउने लक्ष्य छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले गएको वर्ष नयाँ चुनौतीहरूको सामना गर्नका लागि देशको सेनालाई तयार गर्नका लागि सैन्य रणनीतिमा सुधारको आवश्यकता रहेको बताएका थिए ।

श्रीलङ्काले सन् १९४८ यताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा इन्धन, ऊर्जा र औषधि लगायतको चरम अभाव छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७