गिर्जाघरमा बम विष्फोट, १० जनाको मृत्यु


२ माघ २०७९, सोमबार
bisfot 1024x5692022 03 01 10 03 58 1

बेनी (कङ्गो) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भागमा अवस्थित एउटा गिर्जाघरमा आइतबार भएको बम विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

यद्यपि स्थानीय नागरिक समाजका अगुवा जोएल किटौसाले विष्फोटमा मृत्यु हुनेको संख्या आठ पुगेको तथा अन्य २७ अन्य घाइते भएका बताएका छन् ।

सैनिक प्रवक्ता एन्टोनी मुआलुशाईले आतङ्कारीले गिर्जाघरमा आक्रमण गरेका जनाएका छन् । आक्रमणकारी इस्लामिक स्टेट समूहका भएको आशङ्का गरिएको छ तर कङ्गोको सञ्चार मन्त्रालयले सामाजिक सञ्जालमा उक्त विष्फोट एलाइड डेमोक्रेटिक फोर्सको समूहले गराएको बताएको छ ।

यसैबीच, अमेरिकी समाचार संस्था एपीले विष्फोटमा परी ३६ जनाभन्दा बढी घाइते भएका जनाएको छ । विष्फोटमा संलग्न भएको आशङ्कामा घटनास्थलबाट एक जना केन्याली नागरिकलाई पक्राउ गरिएको छ । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७