भारतीय कलाकार खेसरीलाल सहभागी बर्जु महोत्सवमा झडप : प्रहरीसहित पाँच घाइते


४ माघ २०७९, बुधबार
khesarilal barju mahotsav 25i3wAQMJw

सुनसरी । भारतीय कलाकार खेसरीलाल यादव सहभागी सुनसरीको बर्जु गाउँपालिकामा–६ मा भएको बर्जु महोत्सवमा झडप भएको छ । झडपमा प्रहरीसहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते भएकाको उपचार भइरहेको छ ।

मेला आयोजकले लिएको प्रवेश शुुल्क महँगो लिएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् । गएको वर्ष पनि खेसरीलालको कार्यक्रम हेर्न आएका दर्शकबीच झडप हुँदा केही घाइते भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७