गैरआवासीय नेपाली नागरिकताको मुद्दा समाधान गर्छौ : गृहमन्त्री


४ माघ २०७९, बुधबार
rabi
फाइल फोटो

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दा समाधान गर्ने बताएका छन् ।
आज (बुधबार) सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा उनले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको बताए । अब गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न मन्त्रालय सक्षम रहेको उनको भनाइ छ ।

उनले विदेशमा रहेका नेपालीको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए । नेपालमा लगानीका लागि गैरआवासीय नेपालीको कानुनी र व्यावहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उनले उल्लेख गरे ।

उनले नागरिकताको विषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पत्तिको हकको विषय पनि टुंगिने बताए । संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका नागरिकता, भिसा, एयरपोर्टमा देखिने समस्यालगायत नेपालको विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको र गृहमन्त्रीले समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

संघले गरेको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भएका विषय र अबका दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा संघका तर्फबाट गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र पनि बुझाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७