विमान दुर्घटनाको निष्पक्ष छानबिनको वातावरण मिलाएका छौं : पर्यटनमन्त्री


५ माघ २०७९, बिहीबार
Sudan kirati 2 scaled

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई सुरक्षामा ध्यान दिन आफूले कडा निर्देशन जारी गरेको बताएका छन् । भविष्यमा यस्ता घटना हुन नदिन सरकार सचेत रहेको पनि उनले बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले जवाफ नदिएको भन्दै उठाएको प्रश्नमा मन्त्री किराँतीले विमान दुर्घटना लगत्तै जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए । उनले मृतकका परिवारलाई आवश्यक जानकरी र विमानसहितका विषयमा सहजीकरणको सुरुआत गरिएको बताए ।
उनले दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्तो हुन नदिन जाँचबुझ आयोग गठन गरिएको र निष्पक्ष छानबिनको वातावरण मिलाइएको बताए ।

‘दुर्घटनापछि पूर्वसचिवको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको छ । त्यसले छानबिन सुरु गरिसकेको छ’, मन्त्री किराँतीले भने, ‘म पदमा बहाल भएपछि फेरि यस्तो दुर्घटना हुन नदिन हवाई उड्डयनसम्बद्ध निकायहरूमा कडा निर्देशन दिइएको छ । सुरक्षाको स्तरवृद्धि गरिएको छ । छानबिन आयोगलाई निष्पक्ष छानबिनको वातावरण निर्माणमा मन्त्रालय लागेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७