सीके राउतको प्रश्न : मधेसी–थारुलाई भित्तामा पुर्‍याएर हुने राष्ट्रिय सहमति कस्तो हुन्छ ?

जनमतले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने


५ माघ २०७९, बिहीबार
CK Raut
फाइल फोटो

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठनबन्धनमै रहेकाले घिमिरेलाई मत दिने बताए । मन्त्रालय बाँडफाँटलाई लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नगएको जनमत पार्टीले सभामुखमा एमालेका उम्मेदवारलाई सघाउने भएको हो ।

राउतले यो सरकार र संसदले नश्लबादी चिन्तन देखाएको आशय व्यक्त गरेका छन् । उनले नेपाली कांग्रेसतिर लक्षित गर्दै मधेसी र थारुलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको कुरा गर्नुको अर्थ नरहेको बताए ।

‘मधेसीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति कस्तो हुन्छ ?’, उनले भने, ‘हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु वर्गीय संकिर्णताबाट माथि उठ्ने कि नउठ्ने ?’ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनले बताए । उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्न समेत गरे ।

उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नु भएको हो भन्दै प्रश्न गरे । उनले अनुहार, जाति र समुदाय भन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे । जनमत पार्टीका ६ सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७