यतीको विमान दुर्घटना : एकको अवस्था अझै अज्ञात, नारायणी नदीसम्म खोजी


५ माघ २०७९, बिहीबार
Yati seti khoj scaled

पोखरा । यहि माघ १ गते आइतवार पोखराको सेती खोंचमा दुर्घटनापछि बेपत्ता यती एयरलाइन्सको एटीआर जहाजका एक यात्रुको खोजी गर्दै सुरक्षाकर्मीहरु नारायणी नदीसम्म पुगेका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली गोताखोरलाई लिएर बेपत्ता एक यात्रुको खोजीका लागि सेती मिसिने तनहुँ र चितवनको सीमास्थित नारायणी नदीसम्म पुगेका हुन् ।

गत आइतवार पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा भएको विमान दुर्घटनापछि उद्धारकर्मीले ७१ शव निकालिसकेका छन् । ती सबै शव सेती नदीको खोंच क्षेत्रबाट निकालिएको थियो । तर ती मध्ये एक यात्रुको अवस्था आज (बिहीबार) सम्म अज्ञात छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बिहीबार दुर्घटनास्थल हुँदै सेती नदीको बहावस्थल तनहुँ र चितवनको नारायणी नदीमा पनि खोजी गरिएको हो ।

तर रात परेपछि बिहीबारका लागि खोजी स्थगित गरिएको सेनाले जनाएको छ । खोजी कार्यलाई शुक्रबार पनि उद्धार टोलीले निरन्तरता दिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७