दक्षिण कोरियामा भीषण आगलागी : ६० घर जलेर नष्ट, पाँच सय बढीलाई अन्यत्र सारियो


६ माघ २०७९, शुक्रबार
aaglagi 1

काठमाडौं । दक्षिण कोरियाको राजधानी सउनस्थित एउटा गरीब बस्तीमा भीषण आगलागी हुँदा ६० घरहरू जलेर नष्ट भएका छन् ।

राजधानी सउलको गाङनाम जिल्लाको एउटा साँघुरो गल्लीमा आगलागी भएको हो । आगलागी भएपछि ५ सय बढी मानिसहरूलाई अन्यत्र सारिएको छ । मानवीय क्षति भए नभएको बारेमा भने निक्र्यौल भइसकेको छैन । एका बिहानै लागेको आगो निभाउन ८ सय बढी अग्नि नियन्त्रक, प्रहरी र स्थानीयहरु परिचालन गरिएको छ ।

घना बस्ती रहेको गल्लीमा आगो निभाउन निकै मुस्किल भएको अधिकारीहरुले बताएका छन् । प्लास्टिक र प्लाइउडबाट बनेको झुपडीबाट आगो सल्किएको हो । बस्तीबाट सारिएकाहरुलाई स्थानीय विद्यालय, होटल र जीम सेन्टरहरुमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७