मलेसियामा बन्धक बनाइएका १२ नेपाली फर्किए स्वदेश


६ माघ २०७९, शुक्रबार
malesiya

काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया पुगेर बन्धक बनाइएका १२ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु शुक्रबार नेपाल आइपुगेका हुन् । यसअघि ७ जनाको उद्दार गरेर नेपाल फर्काइएको थियो ।

आज फर्किनेमा गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का रहेका छन् ।

उनीहरु पुस १७ गतेबाट मलेसियाको केलाङमा बन्धन बनाइएका थिए । उनीहरुलाई बन्धक बनाउनुका साथै यातना दिएको खबर बाहिरिएपछि सरकारले समेत यसमा चासो व्यक्त गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७