कोटेश्वरमा कोइला बालेर आगो ताप्दा निसासिएर चार जना गम्भीर


७ माघ २०७९, शनिबार
koila
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको सहयोगी नगरमा कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी भएका छन् ।

शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल–ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको प्रहरीले जानकारी दिएको छ । बिरामी हुनेमा ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र उनको ३५ दिनको छोरा श्रीयाल खड्का छन् । घटना थाहा हुने बित्तिकै प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उद्धार गरी उनीहरूलाई सिभिल अस्पताल पुर्‍याएको थियो ।

अहिले तीन जनाको सिभिल अस्पतालकै आईसीयू कक्षमा उपचार भइरहेको छ भने छलमायालाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७