श्रीलङ्कामा मार्चमा स्थानीय परिषद्को निर्वाचन


८ माघ २०७९, आईतवार
SriLanka Flag

कोलम्बो । श्रीलङ्काको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ । आयोगले श्रीलङ्काका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय परिषद् सदस्य चयनका लागि निर्वाचनको मिति तय गरेको हो । आयोगका अनुसार प्रमुख सबै राजनीतिक दलले शनिबार दिउँसो तोकिएको समयावधि सकिनै लाग्दासम्म प्रतिस्पर्धाका लागि मनोनयन पत्र बुझाएका छन् ।

राष्ट्रपति रानिल विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टी र पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलङ्का पोदुजाना पेरामुनाले मार्चमा हुने चुनावमा भाग लिनका पहिलो पटक गठबन्धन गर्न सहमत भएका छन् ।

उनीहरूको मुख्य लडाइँ साजिथ प्रेमदासाको नेतृत्वमा रहेको विपक्षी समागी जन बलवेगयासँग हुनेछ । चुनावका लागि केही साना राजनीतिक दलले पनि गठबन्धन बनाएका छन् । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७