यतीकाे विमान दुर्घटना : ७० शवको पोस्टमार्टम सकियो, ६० शव परिवारलाई बुझाइयो


९ माघ २०७९, सोमबार
yati air

काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनामा परेका ७२ मध्ये आज (सोमबार) सम्म ७० जनाको शव पोस्टमार्टम भइसकेको र ६० जनाको शव (पोखरा र काठमाडौंबाट) सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिएको यती एयरलायन्सले जनाएको छ ।

फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज काठमाडौंका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

हराइरहेका एक जनाको खोजी कार्य जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको र घटनास्थलबाट संकलन गरी फोरेन्सिक विभागमा ल्याइएको मानव अंगहरुको डीएनए परीक्षण कार्य पनि सँगसँगै भइरहेको पनि एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७