लुम्बिनी मागीखाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म नगरौं : मन्त्री किराँती


१५ माघ २०७९, आईतवार
sudan kirati 4

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् ।

आज (आइतबार) लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए ।

उनले लुम्बिनी जस्तो पवित्रस्थलको काम इमान्दारिताका गर्न आग्रह गरेका छन् । मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए ।
उनले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै प्रश्न गरेका छन् । उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन,एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिए ।

गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको उनको भनाइ थियो । मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे । उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए । मन्त्री किराँतीले लुम्बिनीको फोहोरको चर्चा विदेशमा हुने गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले पवित्र र धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनी आज गाईको गोबर र फोहोरले भरिएको गुनासो रहेको पनि बताए । ‘देश–विदेशबाट मानिसहरुले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन् । यो विश्वभरको बौद्ध धर्मावलम्बीहरुको मुटुको ढुकढुकी हो,’ उनले भने, ‘मुस्लिमहरुले मक्कामदिनालाई के बनाइसके ? लुम्बिनी सफा छैन, सयौँ गाईहरु चर्ने गौचरण बनाइएको छ , तर तपाईंहरुले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहोरै फोहोर र धूलैधूलो राख्ने ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७