वित्तीय संस्था नियमन गर्नेबारे गभर्नर अधिकारी र मेयर बालेन्द्र शाहबीच छलफल


१६ माघ २०७९, सोमबार
balen sha

कडाठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । अधिकारी र साहबीच राष्ट्रिय सभागृहको चेम्बरमा भेटवार्ता भएको हो ।

स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरूको नियमन, निरीक्षण र दूरगामी नीति र कार्यविधि तर्जुमा गर्ने विषयमा छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएका छन् ।

स्वकीय सचिव शाहका अनुसार अधिकारी र साहबीच आगामी दिनमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७