म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो


१९ माघ २०७९, बिहीबार
myanmar 2

काठमाडौं । म्यानमारको सैन्य सरकारले संकटकालीन अवस्थालाई थप ६ महिना बढाएको छ । देशको संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले सहमति जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि म्यानमारमा संकटकाल लागू भएको थियो । सैन्य सरकार अर्थात् जुन्ताका प्रमुख मिन आङ ह्लाइङले आपतकाललाई लम्ब्याउन गरेको आग्रहलाई स्वीकार गरिएको खबरमा उल्लेख छ ।

म्यानमारमा सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा झण्डै दुई हजार सात सयले ज्यान गुमाएका छन् भने सयौंलाई पक्राउ गरी थुनामा राखिएको छ । सैन्य सरकारको हिरासतमा रहेकी नेतृ सुकीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७