राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


१९ माघ २०७९, बिहीबार
Rajendra Lingden photo

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठकलगायतका विविध विषयमा छलफल हुने पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए ।

गृह मन्त्रालयको विषयलाई लिएर सत्ता साझेदार दलबीच खटपट परिरहेका बेला राप्रपाले बैठक बोलाएको हो । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता बदर गरिदिएपछि गृहमन्त्रालय रिक्त रहेको छ । राप्रपाले रिक्त मन्त्री पदपूर्तिका लागि पुनः लामिछानेलाई नै सिफारिस गर्नुपर्ने बताएको बुझिएको छ । लामिछानेले पुनःनागरिकता लिएपछि रास्वपाले गृहमा पुनः दावी गर्दै आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह रास्वपालाई नदिने बताएका छन् । प्रचण्डले अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह आफैसँग राख्ने बताएका छन् । गठबन्धन घटक दलभित्र रवि लामिछानेलाई पुनः गृह मन्त्री बनाउने या नबनाउने विषयमा मतभिन्नता देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७